भारतले आजदेखि सबै प्रकारका बासमती चामल निकासीमा रोक लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले एक सूचना जारी गर्दै यस्ताे जानकारी दिएको हो ।

२ सय डलरभन्दा कम अर्थात् करिब ९९ हजार ५८ भारतीय रुपैयाँ प्रति टनमा निकासी हुने सबै चामलको निकासीमा प्रतिबन्ध लगाइने भएकाे हाे। यो प्रतिबन्ध अस्थायी रूपमा लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।यसअघि भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको थियाे। भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे हाे । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता भारतले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलकाे भाउ बढ्ने भएकाे छ ।

भारतले उसिना चामलकाे निर्यातमा २० प्रतिशत भन्सार कर लगाएको छ । भारत सरकारले शुक्रबारबाट लागू हुने गरी साे निर्णय गरेकाे हाे । विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ताले यो निर्णय गरेपछि नेपालमा पनि उसिना चामलकाे भाउ बढ्ने भएकाे छ ।उसिना चामलकाे २० प्रतिशत भन्सार शुल्क लिने भएपछि निर्यात घट्ने र विश्व बजारमा चामलको भाउ अझै बढ्ने अनुमान गरिएकाे छ । याे चामल मधुमेहका बिरामीका लागि खास राेजाइमा पर्छ ।

यद्धपी, बन्दरगाहमा रहेका चामलका हकमा भने अगस्ट २५ भन्दाअघि नै लेटर अफ क्रेडिट पाइसकेकालाई भन्सार कर लाग्ने छैन तर लेट एक्स्पोर्ट अर्डर भने दिइएकाे छैन । अर्थात् यो निर्णय हुनुअघि निकासी गर्न अनुमति पाएका तर बन्दरगाहबाट बाहिरिएकालाई भने यो शुल्क लाग्ने छैन ।