भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा दर्ता भएको छ । सरकारले ल्याएको समाजिक सञ्चाल निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।
सञ्चार मन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले भाइबर सहित धमाधम अन्य समाजिक सञ्चाल प्लाटफर्म पनि दर्ता भएको जानकारी दिए ।
समाजिक सञ्जाल निर्देशिकामा नेपालमा सञ्चालित सबै समाजिक सञ्जाल दर्ता हुनुपर्ने प्रावधान राखिएको छ । जसमा सरकारले गत कात्तिकमा बन्द गरेको टिकटकले पनि दर्ता हुन तयार रहेको बताएको छ ।निर्देशिकामा एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।