सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आधा दिनमै सबै बिकेको छ।

कम्पनीको शेयर बुधवारदेखि निष्कासन भएको हो। बुधवार बिहान १० बजेदेखि खुला भएको शेयर दिउसो दुई बजे भित्रै बिक्री भएको हाे।३४ सय ४२ आवेदकले २ लाख ६७ हजार ८ सय २० कित्ता शेयर माग गरे। जुन माग गरिएको भन्दा बढी हो। कम्पनीले दुई लाख ६७ हजार कित्ताको लागि आवेदन माग गरेको थियो।

कुल ४ हजार ९०९ जना आवेदकले १३ करोड १९ लाख २६ हजार ९९५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।