साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाबाट पीडित भएका बचत कर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार  सचिवालयमा भोलि दिउँसो २ बजे भेट्ने भएका छन् ।

चितवन दुईबाट निर्वाचित सांसद समेत रहेका लामिछानेले बचतकर्तासंग अन्तरक्रिया कार्यक्रम गर्ने सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिक दवाडीले दिए । यस सहकारी सञ्चालकसंग आफ्नो नामपनि जोडिएपछि लामिछानेले बचत कर्तासंग छलफल गर्न लागेका हुन् । यस सहकारीका सञ्चालक गितेन्द्रबहादुर राई(जिबि) बचतकर्ताको रकम हिनामिना गरी फरार छन् ।

उनीमाथी ८५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । चितवनका बचतकर्ताको २५ करोड हाराहारीमा पैसा डुबेको दवाडीले जानकारी दिए । यहाँ एउटै व्यक्तिको साढे तीन करोडसम्म डुबेको छ ।