याे साताभरजसाे सुनकाे भाउले रेकर्डमाथि रेकर्ड कायम ग-याे । साताको पहिलो दिन रेकर्ड मूल्यमा काराेबार भएको सुन, छैंठौ दिनसम्म पनि नयाँ नयाँ रेकर्ड बनाउँदै काराेबार भयाे ।

यो साताको पहिलो दिन आइतबार रेकर्ड बनाएकाे सुनको मूल्यले छैंठौ दिन शुक्रबारसम्म पनि दैनिक रेकर्ड बनाएकाे छ ।

नेपाली बजारमा यो साता सुनको मूल्यले दिनदिनै ऐतिहासिक रेकर्ड बनाएकाे हाे । आइतबार उच्च रेकर्ड राख्दै प्रतिताेला एक लाख ५८ हजार ८०० रुपैयाँ ताेकिएको सुनको मूल्य लगातार ६ दिन बढिरह्याे । साेमबार ताेलाकाे एक लाख ५९ हजार २०० रूपैयाँ पुग्दै मंगलबार एक लाख ५९ हजार ७०० रूपैयाँ कायम भयाे । बढ्ने क्रमलाई निरन्तरता दिँदै सुन बुधबार प्रतिताेला एक लाख ६० हजार ४०० रूपैयाँमा काराेबार भएकाे थियाे भने बिहीबार एक लाख ६० हजार ७०० रूपैयाँकाे उचाइमा पुगेकाे थियाे ।

यसैगरी, शुक्रवारसम्म पनि सुनकाे मूल्यले उच्च ऐतिहासिक रेकर्ड राख्याे । यस दिन सुन प्रतिताेला एक लाख ६१ हजार २०० रूपैयाँमा खरिदबिक्री भएकाे थियाे । यो मूल्य साताको पहिलो दिनको तुलनामा ताेलामा २ हजार ४०० रूपैयाँले बढी हो ।

चाँदीकाे मूल्यमा पनि नयाँ रेकर्ड

यस साता नेपाली बजारमा चाँदीकाे मूल्यमा पनि नयाँ रेकर्ड बनेकाे छ । आइतबार प्रतिताेला एक हजार ९२० रूपैयाँ रहेको चाँदीकाे मूल्य साेमबार स्थिर रहेर मंगलबार घटेर एक हजार ९१५ रूपैयाँमा झरेकाे थियाे ।

त्यस्तै, बुधबार चाँदीकाे भाउमा प्रतिताेला एक हजार ९५५ रूपैयाँ कायम भई नयाँ रेकर्ड बन्याे । बिहीबार र शुक्रबार भने साेही मूल्यमा चाँदीकाे भाउ स्थिर रहेकाे थियाे । यो मूल्य साताको पहिलो दिनको तुलनामा ताेलामा ३५ रूपैयाँले बढी हो । यसरी, याे साता उच्च मूल्यमा नै सुन तथा चाँदीकाे काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनकाे भाउ बढ्नुमा कारण यस्ताे

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै मूल्य वृद्धि भएकाले नेपाली बजारमा पनि सुनकाे मूल्यमा उल्लेख्य वृद्धि भएकाे हाे । विश्व बजारमा याे साता सुन प्रति औंस २ हजार ७०० डलर नाघेको थियाे । शुक्रबार भने सुन प्रति औंस २ हजार ६६४ डलरमा किनबेच भएकाे थियाे । पछिल्लाे एक महिनामा सुन ६.५९ प्रतिशतले बढेकाे तथ्यांकले देखाउँछ ।

सुनको मूल्य बढ्नुका कारण सुनमा लगानी बढ्नु रहेकाे छ । लगानीकर्ताहरूले सुनतर्फ लगानी माेड्दा सुनकाे भाउ बढेकाे विश्लेषकहरूकाे भनाइ छ ।

यसका साथै, विश्वका केन्द्रीय बैंकहरूको ब्याजदरकाे नीतिले पनि सुनकाे भाउ बढ्नुमा उल्लेख्य भुमिका खेलेको उनीहरू बताउँछन् ।

त्यसैगरी, इजरायल–हिजबुल्लाह सैन्य द्वन्द्व बढेकाले पनि सुनकाे भाउ वृद्धि भएकाे विश्लेषकहरुको भनाई रहेको छ ।