नेपाली सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अन्तराष्ट्रिय बजारमा मूल्यको भारी गिरावट भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो