विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको हो।