नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ।प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले शुक्रबार गरेको निर्णयानुसार एकैचोटि १२० डीएसपीको सरुवा भएको हो।
जसअनुसार प्रहरी वृत्त (महाराजगन्ज) डीएसपी अंगुर जीसीलाई काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको छ भने यसमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डीएसपी अमरबहादुर थापालाई ल्याइएको छ।
यस्तै लागू औषध नियन्त्रण ब्युरो मानवस्रोत व्यवस्थापन शाखा (कोटेश्वर) बाट डीएसपी अनन्त राम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार ल्याइएको छ।
सरुवा भएका डीएसपीहरूले भदौ महिनादेखिको तलब, भत्ता सरुवा गरिएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हेर्नुहोस् डीएसपी सरुवाको सूची–