प्रहरीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ।कर्जा प्रवाहमा अनियमितता गरेकाे आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
न्याैपानेमाथि सेन्चुरी बैंककाे सीईओ पदमा रहँदा ऋण प्रवाहमा दुरुपयोग गरेकाे आरोप लगाइएकाे छ । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्।
सीआईबीका अनुसार सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हाे। गत पुसमा सेन्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियाे । प्रभुले सेन्चुरी बैंकलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।
न्यौपाने २ वर्षअघि २०७८ चैतमा सेन्चुरी बैंककाे सीईओ नियुक्त भएका थिए ।