भरतपुर । फुड डेलिभरी कम्पनी फुडमाण्डुले काठमाडौँ र पोखरापछि चितवनमा पनि सेवा विस्तार गरेको छ । कम्पनीले भरतपुरमा आज  पत्रकार सम्मेलन गरी फुडमाण्डुको सेवा विस्तारबारे जानकारी दिएको हो । सेवा विस्तार गरेको अवसरमा कम्पनीले वैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘FOODSAFARI’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५०० रुपैयाँसम्म) छुट दिने घोषणा गरेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरापछि चितवनमा फुडमाण्डुको सेवा विस्तार भएको कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताए । ”चितवनमा हाम्रो सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो ” ,उनले भने । सेवाग्राहीले फुडमाण्डुको मोबाइल एप र बेवसाइटमार्फत खाना अर्डर गर्न सक्नेछन् ।  संस्थापक अधिकारीले फुडमाण्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा देशमा प्रमुख सहरहरुमा विस्तार गर्ने योजना रहेको बताए । फुडमाण्डुको मोबाइल एप ‘IOS’ र ‘Android’ मा गरी आठ लाखले ”DOWNLOAD” गरिसकेको छ, उनले भने ।

1b.भ्रमित (अनलाईनका लागि)(900x100)

‘सुरुवाती चरणमा भरतपुरबाट १० किमीसम्म अर्डर डेलिभरी गरेका छौँ । यसलाई अझ बढाउँदै लैजानेछौँ’, उनले भने । फुडमाण्डुले खाना डेलिभरी गरेबापत सम्बन्धित रेष्टुरेन्ट व्यवसायीसँग सेवा शुल्क लिन्छ भने सेवाग्राहीसँग दुरी र अर्डरको आधारमा डेलिभरी चार्ज लिन्छ । १.५ किमीसम्म डेलिभरी गर्दा २५ रुपैयाँ र त्यसभन्दा बढी दुरी भए प्रतिकिमी २५ रुपैयाँ थप चार्ज लाग्ने उनले बताए तर एक हजार रुपैयाँ भन्दा बढीको अर्डर गर्दा जुनसुकै ठाउँको लागि मात्र ७५ रुपैयाँ चार्ज लाग्ने छ ।

ad

चितवनवासीलाई फुड डेलिभरी सेवा दिन फुडमाण्डुले पहिलो चरणमा स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको अधिकारीले बताए । फुडमाण्डुले आँफै खाना बनाउँदैन । रेष्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्छ । फुडमाण्डुसँग अहिलेसम्म एक हजार भन्दा बढी रेष्टुरेन्टहरु आबद्ध रहेको उनले जानकारी दिए ।चितवनमा सेवा विस्तारको प्रारम्भिक चरण रहेकोले अहिलेसम्म २५ भन्दा बढी आबद्ध भइसकेको उनले जानकारी दिए ।

कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले फुडमाण्डुको सेवा विस्तार गर्न पाउँदा खुसी भएको बताइन् । चितवनका प्रख्यात रेष्टुरेन्टहरुबाट खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा अनलाइनमार्फत डेलिभरी गर्न आफुहरु उत्साहित भएको उनले बताइन् । फुडमाण्डु सन् २०१० मा स्थापना भएको अनलाइन फुड डेलिभरी कम्पनी हो । आइटी कम्पनीमा काम गर्दै गर्दा मनोहर अधिकारीलाई फुडमाण्डुको अवधारणा आएको हो । यसको मोबाइल एप सन् २०१५ मा लन्च भएको अधिकारी बताउँछन् । सन् २०२१ मा काठमाडौँ उपत्यका बाहिर पोखरामा सेवा विस्तार गरेको फुडमाण्डुले त्यसको तीन वर्षपछि चितवनमा सेवा विस्तार गरेको हो ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष अच्युतराज भट्टले फुडमाण्डुको विस्तारले सिथिल बनेको चितवनको हस्पिटालिटी क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले चितवनमा नयाँ रोजगारी समेत सिर्जना हुने भन्दै उनले चितवनको हस्पिटालिटी क्षेत्र २४सै घण्टा सञ्चालन हुनुपर्ने बताए ।भरतपुर महानगरपालिका हो । महानगरपालिका भई सकेपछी व्यवसाय २४सै घण्टा सन्चालन हुनु पर्छ ,उनले भने ।