२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

मन्त्रिपरिषद् बैठकबाट ग्रिन हाइड्रोजन नीति पारित

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रिन हाइड्रोजन नीति पारित गरेको छ।ऊर्जा मन्त्रालयको प्रस्तावमा पेश भएको उक्त नीति मन्त्रिपरिषद्‍बाट परित भएको हो। यो नीतिले नेपालमा हाइड्रोजन उत्पादन तथा प्रयोग गर्ने सहजीकरण गर्ने छ। पेट्रोलियम पदार्थको विकल्पका रुपमा हाइड्रोजन फ्युल प्रयोग हुन थालेको छ।

नेपाल आयल निगमको आर्थिक सहायतामा काठमाडौं विश्व विद्यालयले हाइड्रोजन फ्युलसम्बन्धी सम्भाव्यता अध्ययन गरिरहेको छ।दक्षिण कोरियाबाट हाइड्रोजन फ्युल गाडी ल्याएर काठमाडौं विश्वविद्यालयले धुलिखेलमा परीक्षणसमेत गरिरहेको छ।

विश्वविद्यालय अन्तरगर्तको ग्रिन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजनसम्बन्धी नीति पारित हुँदा नेपालमा यसको प्रयोग सहज बनाउने बताए। थापाले नीतिको मस्यौदा बनाउन थापासहितका विज्ञले भूमिका खेलेका थिए। विश्व बजारमा हुन्डाई, टोयटा लगायत कम्पनीले हाइड्रोजन फ्युलबाट चल्ने गाडी उत्पादन गरिसकेका छन्। भारतमा टाटा मोटर्सलेसमेत हाइड्रोलन फ्युलमा लगानी गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।