२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

पाकिस्तानसँग नेपाल पाँच विकेटले पराजित

यु–१९ विश्वकपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको खेलमा १९८ रनको लक्ष्य पाएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

पाकिस्तानको जितमा अजान अवाइसले अर्धसतक प्रहार गरे । उनले ८२ बलमा ६३ रन बनाए । यस्तै शामिल हुसेन र शाहजैब खानले ३७ ३७ रन बनाए भने अहमद हसनले २९ रन बनाए । नेपालका आकाश चन्दले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दिपक डुम्रेले २६ तथा कप्तान देव खनालले २३ र सुवास भण्डारीले २० रन बनाए । पाकिस्तानका अराफत मिनासले ३ विकेट लिए भने अहमद हुसेन र उवेद शाहले २/२ विकेट लिए ।

नेपालले लगातार दुई खेलमा दुई हार व्यहोरेको छ । पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा अफ्गानिस्तानको सामना गर्नेछ ।


छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।