सत्ता गठबन्धन परिवर्तन हुने खबरले सेयर बजारमा उछाल आएको छ। बजार खुलेको ३ मिनेटमै सर्किट हानेको हो। बजार खुलेको केही बेरमै नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

नेपाली कांग्रेससँगको गठबन्धन छुट्टिएर एमाले, माओवादीसहितको नयाँ गठबन्धन बन्ने अवस्था सेयर बजारमा देखिएको छ।
११ बजे खुलेको बजार ११:०३ मिनेट जाँदा ४.०४ प्रतिशत बढेसँगै सर्किट ब्रेक भएको नेप्सेले उल्लेख गरेको छ। सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार बन्दभएको छ ।
