२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

सुन तस्करी विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

आकस्मिकरुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा जारी छ। बैठक सुन तस्करी प्रकरणका विषयमा छलफल गर्न आकस्मिकरुपमा बोलाइएको हो ।

उक्त बैठकले आज सिआइबीका प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको बुझिएको छ। उनको स्थानमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाउने तयारी भएको बताइएको छ।

आज मात्रै गृहमन्त्री रवि लामिछानेले सुन तस्करीका विषयमा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए।

प्रतिवेदन बुझेलगत्तै सो विषयमा निर्णय गर्न प्रधानमन्त्री दाहालले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।