२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

१० करोड लागतमा सेन्ट्रल कलेजले आफ्नै भवन बनाउने

बिदेशमा अध्यन गर्न जाने विद्यार्थीहरुउको लागि लामो समयदेखि शैक्षिक परामर्श  दिदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेसनल प्रा. लि. ले अब आफ्नै भवन बनाउने भएको छ । नारायणगढ लायन्सचोक स्थित आफ्नै जग्गामा करिब १० करोड लागतमा बन्न लागेको कलेजको भवन अन्डर ग्राउण्ड पार्किङ र लिफ्टसहित ८ तलाको हुनेछ ।

व्यवसायिक प्रयोजनका लागि बनाउन लागिएको उक्त भवन निर्माणको लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्ससंग सम्झौता भएको सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेलले जानकारी दिए । कलेजले लामो समयदेखि जापान,अस्ट्रेलिया, क्यानडा, युरोप, साउथ कोरिया लगायत अन्य देशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको उनले बताए ।

विगत ५ वर्षदेखि विभिन्न आवास तथा व्यापारिक भवन निर्माण क्षेत्रमा अग्रसर रहेर अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले सेन्ट्रल कलेजको भरतपुर–२ लायन्सचोक स्थित जग्गामा बिहीबारदेखि भवन निर्माण थालेको छ ।

बहुउद्धेश्यिय कम्पनी एसवन बिल्डर्स एण्ड सप्लायर्सले हाल नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रका साथै विभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले बताए । साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभवि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिने गरेको उनले बताए ।

चितवन, नवलपरासी तथा पोखरामा कार्यालय सञ्चालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्यका साथ कम्पनीले अघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

central Design-1-1-scaled

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।