२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी

इलाम-२ मा प्रतिनिधिसभा र बझाङ १(१) को प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरु भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ।

इलाम-२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन्।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन्।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन्।

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउँदै छन्।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन्।

बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिँदै छन्। उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।