२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

केन्द्र सरकारबाट बाहिरिने तयारीमा जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र अशोक राईले पार्टी फुटाएको विषयमा अदालतमा मुद्दा दायर गर्ने लगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

आइतबार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो। सो बैठकले सरकारबाट बाहिरिने विषयमा छलफल गरेपनि निर्णय भने केन्द्रीय समितिबाट गराउन लागिएको उनले बताए।

विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपाले केन्द्र सरकारबाट पनि बाहिरिने तयारी गरेको हो।

सो पार्टीका एक शीर्ष नेताका अनुसार, सोमबार बस्ने बैठकले यसबारे ठोस निर्णय लिनेछ।अशोक राईले पार्टी विभाजन गरेसँगै उपेन्द्रसँग ५ सांसद छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।