२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

आफ्नो फेसबुक अकाउन्ट भएको सिमकार्ड ब्वाइफ्रेन्डलाई दिंदा यस्तो समस्यामा परिन् एक किशोरी

दुई महिनाअघि अञ्जना शर्मा (नाम परिवर्तन) लाई ‘XTHA XUN’ नामको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो । नाम अनौठो र फरक भए पनि प्रोफाइल फाेटाे नेपालीकाे जस्तो देखिने भएकाले अञ्जनाले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् ।

फेसबुकमा साथी बन्नासाथ उक्त आईडीबाट मेसज आयो । उनीहरूबीच सामान्य परिचयबाट कुरा सुरु भयो । कुराकानीका क्रममा ती व्यक्तिले आफ्नो नाम ‘नवीन’ रहेको बताएका थिए ।

कुरा गर्दै जाँदा उनीहरू नजिक भए । ‘‘त्यसै क्रममा उनले ‘म तिमीलाई धेरै मन पराउँछु’, ‘माया गर्छु’ भन्ने मीठामीठा कुरा गरेर मलाई मख्ख पार्ने गर्दथे,” ती युवतीले प्रहरी अधिकारीलाई घटनाको बेलिविस्तार गरिन्, “मलाई मख्ख पारेपछि म पनि नजिक भएँ ।”

यसपछि उनीहरु भेट्न थाले ।

कुरा अगाडि बढ्दै जाँदा नवीनले भने, “मसँग फोन गर्नका लागि सिम छैन । तिमीसँग भए देऊ न ।”

अञ्जनालाई पनि नवीनको कुरा साँच्चिकै हो कि जस्तो लाग्यो । उनले पनि आफूले प्रयोग गर्दै आएको आफ्नी आमाको नामको सिमकार्ड नवीनको हातमा थमाइदिन् ।

त्यही सिमबाट उनले फेसबुक र गुगल अकाउन्ट खोलेकी थिइन् । तर, सिम दिने बेला त्यतातर्फ उनको ध्यान गएन । सिम लिएपछि नवीनले राम्रै कुराहरू गरिरहेका हुन्थे ।

तर, एक दिन अञ्जनाले फेसबुक लगइन गर्न खाेज्दा ‍पासवर्ड मिलेन । पछि बुझ्दै जाँदा अरू कसैले पासवर्ड परिवर्तन गरिदिएको खुल्यो ।

नवीनले नै आफ्नो फेसबुक अकाउन्ट आफ्नो कब्जामा लिएको अञ्जनाले थाहा पाइन् । त्यति मात्र नभइ उनले उक्त अकाउन्टबाट लिङ्क भएको जिमेल पनि हटाइदिएका थिए ।

पछि उनको अकाउन्टमा अश्लील फोटो र क्याप्सन राखेको देखिन् । त्यसमा भिडिओ कलमा कुरा गरे बापत यति रुपैयाँ, अडिओ कलमा यति, अश्लील फोटो पठाएको यति रुपैयाँ भनेर क्याप्सन राखिएको थियो । त्यस्तै उक्त अकाउन्टबाट अर्को व्यक्तिसँग गरिएका अश्लील च्याटको स्क्रिनशट पनि टाइमलाइनमा पोस्ट गरिएको थियो ।

आफ्नो अकाउन्टमा यस्ता अनर्गल पोस्ट राखेको देखेपछि अञ्जना हैरान भइन् । नाबालिग भएकाले उनको सट्टा उनका दाजु साइबर ब्युरो गए । अनि उपलब्ध प्रमाणसहित उजुरी दिए ।

उजुरी प्राप्त भएपछि ब्युरोको टोलीले उक्त मोबाइल नम्बर र फेसबुक प्रयोग गरेको आईपी एड्रेसबाट सिराहा गढीमाई नगरपालिकाका १९ वर्षीय नवीन कुमार मण्डललाई नियन्त्रणमा लियो ।

त्यसपछि उक्त घटनाको विस्तृत विवरण जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंकी सहायक जिल्ला न्यायाधीश लक्ष्मी भण्डारीले हेरिन् । विभिन्न प्रमाणबाट प्रतिवादी नवीनकुमार मण्डलले गरेको उक्त कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५८ (क) बमोजिमको कसुर अपराध भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्रमा दर्ता गर्‍याे । यस मुद्दा अहिले अदालतमा विचराधीन अवस्थामा छ ।-techpana

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।