२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

अनलाइनबाट किन जुनसुकै बेला तिर्न मिल्दैन बिजुलीको बिल ?

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ देखि अनलाइनबाट बिजुलीको बिल बिहान ८ बजेदेखि राति १२ बजेसम्म तिर्न सकिने व्यवस्था गरेको छ । यसअघि बिहान १० बजेदेखि राति १२ बजेसम्म मात्र अनलाइनबाट विजुलीको बिल भुक्तानी गर्न सकिने सुविधा थियो ।

उपभोक्ताको सहजताका लागि प्राधिकरणले बिहान दुई घण्टा थप गरेको छ । खासगरी अनलाइन भुक्तानीका सन्दर्भमा कार्यालय समय जस्तो यति बजेदेखि यति बजेसम्म मात्र भुक्तानी गर्न सकिने भन्ने बिरलै देख्न पाइन्छ ।

केही सरकारी कामकाजमा यस्तो समयसीमा राखिएको देख्न सकिन्छ । तर, अधिकांश सेवा लिनका लागि सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा समय सीमा भने तोकिएको हुँदैन । त्यस्तोमा प्राधिकरणले पनि दैनिक १६ घण्टा मात्र अनलाइन भुक्तानी गर्न सकिने बनाएको होला भन्ने धेरैको चासो हुन सक्छ ।

प्राधिकरणका उपप्रबन्धक रविन्द्र श्रेष्ठले सेन्ट्रलाइज सिस्टम नभएकाले समय सीमा राख्न बाध्य भएको बताए । “हाम्रो सिस्टम सेन्ट्रलाइज नभइ डिसेन्ट्रलाइज छ अहिले,” श्रेष्ठले टेकपानासँग भन, “सेन्ट्रलाइज बनाउन अझै समय लाग्छ । सेन्ट्रलाइज भइसक्यो भने २४ सैं घण्टा अनलाइनबाट विद्युत महसुल भुक्तानी गर्न मिल्छ ।”

प्राधिकरणले सिस्टम सेन्ट्रलाइज बनाउन टेन्डर आह्वान गरेको थियो । बिडर पनि आइसकेको र अहिले सेन्ट्रलाइज गर्ने काम भइरहेको श्रेष्ठले सुनाए । उनका अनुसार छ महिनाभित्र सेवाग्राहीले २४ सै घण्टा भुक्तानी गर्न सक्नेगरी प्राधिकरणले काम गरिरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।