२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

ग्लोवल आइएमई बैंकको ‘ग्लोवल जुनियर’ एप सार्वजनिक

ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ ।

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ । ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताए । भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकालहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताए।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।