२०८१ फाल्गुन ६ मंगलवार
२०८१ फाल्गुन ६ मंगलवार

भरतपुरको प्रदर्शनी केन्द्रमा असोज १९ गतेदेखि ‘काडा अटो शो’ हुने

भरतपुरको प्रदर्शनी केन्द्रमा असोज १९ गतेदेखि ‘काडा अटो शो’ हुने भएको छ । चितवन उद्योग संघको आयोेजनामा हुन लागेको मेला असोज १६ देखी १९ गते सम्म सन्चालन हुने छ ।

चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को आयोजना ”पर्व मेला २०८१” अन्तर्गत  चितवनमा पहिलो पटक हुन लागेको हो ।

नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरि आयोजना गरिएको अटो शो मा २० भन्दा बढी ब्राण्डका गाडी प्रर्दशनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका कोषाध्यक्ष यज्ञ प्रसाद पौडेलले जानकारी दिए । चितवन उद्योग संघद्वारा आयोजित पत्रकार भेट्घाट कार्यक्रमा बोल्दै कोषाध्यक्ष  पौडेलले, मेलामा गाडी तथा मोटरसाइकलहरु प्रदर्शनीमा राखिने बताए। अटो शो मा करिब ८० प्रतिशत बिधुतिय सवारीसाधनहरु रहने तथा करिब ३० करोडको कारोबार हुने लक्ष्य राखिएको पौडेलले बताए।

बडादशैंको अवसरमा सवारीसाधन खरिद गर्ने प्रचलनलाई सहयोग पुग्ने उद्देश्यले काडा अटो शो आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

बिहान ९ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मेलामा ४० हजार बढिले अबलोकन गर्ने अनुमान गरिएको छ ।

चितवन अटोमोबाइल डिलर्स एशोसियसन (काडा) का अध्यक्ष राजन पिया द्वारा हस्ताक्षरित विज्ञप्तीमा गाडी किन्ने ग्राहकहरुलाई गाडी कम्पनीहरुले आकर्षक स्कीम तथा छुट्को व्यवस्था हुने उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।