२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

पर्यटन मन्त्री पाण्डे फेरि विवादमा

राष्ट्रपति रामचन्द्र पौडेललाई समेत विवादमा पार्ने प्रयास गर्दै आयोजना गरिएको एउटा कार्यक्रममा सहयोगी भूमिका खेलेपछि पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डे फेरि विवादमा तानिएका छन् ।

पाण्डेकै मौखिक आदेशपछि पर्यटन बोर्डले मनोरन्जन क्षेत्रको एउटा विवादास्पद सांगीतिक कम्पनीले आयोजना गरेको कार्यक्रमको लागि नगद १५ लाख रुपैँया चन्दासहित विभिन्न सहयोग गरेपछि उनी विवादमा तानिएका हुन् ।

गीतसंगीत र मनोरञ्जन क्षेत्रमा काम गर्ने प्राइभेट कम्पनी ए.एम.एस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिले माघ २ गते आयोजना गरेको एभरेस्ट टुरिज्म अवार्ड कार्यक्रममा पर्यटन मन्त्री पाण्डेकै मौखिक आदेश पछि १५ लाखरुपैँया नगद सहितका सहयोग गरिएको बोर्डले जानकारी दिएको छ । नगद सहितका सहयोग भनिएपनि ती अरु सहयोग के के हुन् भन्ने बारेमा पनि बोर्डले जानकारी दिएको छैन ।

सय जना सहभागी रहेको र होटल सोल्टीमा आयोजित कार्यक्रमको मुख्य वक्ताहरुमा मन्त्री पाण्डेसहित कतारकी राजकुमारी आश्मा अल थानी, भारतको झारखण्ड राज्यका मन्त्री विजेन्द्र गोयल, बिहारका विवादित सांसद पप्पु यादव (राजेश रञ्जन) लगायत थिए ।

स्रोतका अनुसार आयोजकहरुले कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई सहभागी गराउने प्रयास गरेका थिए । तर, पौडेलले कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाउँदै उपस्थित हुन ठाडै अस्वीकार गरे पनि आयोजकहरुले भने कार्यक्रम हुने अघिल्लो दिनसम्म पनि राष्ट्रपति नै कार्यक्रमको प्रमुख अतिथि भन्दै निम्तालुहरुलाई बोलाएका थिए । ‘राष्ट्रपति प्रमुख अतिथि रहने र पर्यटन मन्त्रालयको सहयोग रहने भनेपछि नजाने कुरै भएन । तर, हलमा पुगेपछि थाहा भो, राष्ट्रपतिले त निम्तोसमेत अस्वीकार गर्नु भएको रहेछ । अनि मुख्य वक्ता चाँहि पप्पु यादव रहेछन्, त्यस्तो कार्यक्रमलाई पर्यटन मन्त्री पाण्डेले किन सहयोग गर्नुभयो, त्यो निकै आश्चर्यको कुरा हो,’ कार्यक्रममा उपस्थित रहेका एक पर्यटन व्यवसायीले  भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।