२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

तोलाको २ लाख नजिक पुगेको सुनको मूल्यमा फेरि व्यापक गिरावट

 

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला चार हजार ६ सय रुपैयाँ घटेको हो।

सुनको मूल्य बुधबार पनि प्रतितोला सातसय रुपैयाँले घटेको थियो।

मूल्य घटेर आज सुन तोलाको एक लाख ८३ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनकाे मूल्यमा १४ हजार चारसय रुपैयाँ गिरावट आइसकेकाे छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। – nepal khabar

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।