२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

भारत गोवाको लेराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु, ८० घाइते

 

भारतीय राज्य गोवाको शिरगाउँस्थित श्री लेराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार शुक्रबार राति श्री लैराइ जात्राका क्रममा भागदौड मच्चिएको हो।

घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटना शिरगाउँ गाउँको श्री लैराई देवी मन्दिरमा उत्सवको समयमा बिहान सबेरै भएको थियो।

उनले मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेको बताए।

अधिकारीले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताए।- nepalkhabar

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।