२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

आज काठमाडौँमा वर्षा: कस्तो होला?

 

आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले शनिबार बिहान ९:५० बजे दिएको जानकारीअनुसार उपत्यकामा दिउँसोतिर मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ।

‘त्यस्तो ठूलो वर्षाको सम्भावना छैन’, उनले भने, ‘मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’

उनका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा मौसम छ्याङ्ग हुने सम्भावना छैन।

यसैबीच यतिबेला गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाबाहेक अन्यत्र पानी परेको नदेखिएको उनले जानकारी दिए।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।- nepalkhabar

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।