जम्मु-कश्मीरको पहलगाममा आतंककारीहररूले अप्रिल २२ मा २६ जनालाई गोली हानेर मारेको बदलामा गएराति भारतले पाकिस्तानमा हवाई हमला गरेको छ।
जसलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ। यस्तो नाम किन दिइयो?
सञ्चारमाध्यमका अनुसार पहलगाममा मारिएका २६ जना नै पुरुष थिए भने अधिकांश हिन्दु थिए।
उनीहरू मारिएपछि तिनका श्रीमतीको सिन्दूर पुछिएको अर्थमा भारतले उक्त हमलाको नाम ‘अपरेसन सिन्दूर’ राखेको हो।
त्यसो त उक्त हमलामा ७ दिनअघि मात्र बिहे गरेकी श्रीमती लिएर घुम्न गएका भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवाल पनि मारिएका थिए।
उनकी पत्नी हिमांशी नरवालले आफ्नै आँखाअगाडि पति मारिएको दर्दनाक दृश्य हेर्नुपरेको थियो। -nepalkhabar