२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

शौचालयमा लडेर प्रचण्डको टाउकोमा चोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घाइते भएका छन्।

गए राति खुमलटारस्थित निवासकाे शौचालयमा लडेका प्रचण्डलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।

उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्ड इमर्जेन्सीमा भर्ना भएका थिए। प्रचण्डलाई न्यूराेलाेजिस्ट डा. बाबुराम पाेखरेलकाे टिमले उपचार गरेकाे थियाे।

उनी आज विहान पाँच बजे डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ।-dcnepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।