२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

भारतले नदीको बाँध खोलिदियो, पाकिस्तानमा बाढीको खतरा

 

भारतले चेनाब नदीमा बनेको सलाल बाँधका तीन ढोका खोलेको छ।

पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न केही दिनअघि बाँधका ढोका बन्द गरिदिएको थियो।

अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको खतरा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी भारतले गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।

यसको भोलिपल्ट बिहानै चेनाब नदीमा बनेको बाँधका ढोका खोलिएको समाचार आएको हो।

भारतले बाँधका ढोका खोलिदिएपछि पाकिस्तानका तराईका क्षेत्र डुबानमा पर्ने खतरा रहेको जिन्युजले जनाएको छ। – nepalkhabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।