२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

बाङ्गोलीमा गएराति सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु

 

भारतीय राज्य छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा बाङ्गोलीमा गएराति सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार दुर्घटनामा मृत्यु हुने सबै जना बच्चा जन्मेपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए।

जिल्ला कलेक्टर गौरव सिंहले भने, ‘खरोराको बाना गाउँमा पारिवारिक कार्यक्रमबाट मानिसहरू फर्किरहेका थिए। मृतकहरू सबै माज्दा गाडीमा सवार थिए, जुन ठूलो ट्रेलर गाडीसँग ठोकियो। अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ।’

दुर्घटनामा दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले मृत्यु हुनेको संख्या बढ्ने सम्भावनालाई अस्वीकार गरेको छैन।

प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए।

राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो। दुर्घटना यति भयानक थियो कि मानिसहरूको शरीर नराम्ररी क्षतविक्षत भएको थियो।-nepalkhabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।