२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

रवि र छविको मुद्दामा आज पनि सुनुवाइ हुने,आज आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने्को र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार पनि बहस ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।

मंगलबार रविका तर्फबाट १० वकिलले बहस गरेका थिए । अन्तिममा रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि रोकिएपछि बिहीबार पुनः भएको हो । बुधबार भने संवैधानिक इजलासका कारण पेसी राखिएको थिएन ।

बिहीबार रविका वकिलको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका छन् । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीनजनाले बहस गर्ने जानकारी इजलासमा गराइएको छ । आज जाहेरवालाको बहस सकिएपछि रविका वकिलले जवाफी बहस गर्ने उनका कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिएका छन् । उनले चिया समयअघि नै बहस सकिने भएकाले आदेश पनि चाँडै आउने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।