२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

सर्वोच्चले थुनामुक्त गर्न अस्विकार गरेपछि,रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको  बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि रास्वपाले सचिवालय बैठक र केन्द्रीय समितिको बैठक बोलाएको हो ।

शुक्रबार राति अदालतले लामिछानेको सम्बन्धमा आदेश जारी गरे पश्चात उत्पन्न परिस्थितिकाबारे छलफल गर्न रास्वपाले सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाएको थियो ।

सोही बैठकले आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको हो । त्यस्तै
भोलि आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश शुक्रबार सदर गरिदिएपछि रास्वपा नेताहरुले बैठकमा अबको रणनीति तय गरिने बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।