२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

नुवाकोटमा माइक्रोबास दुर्घटना हुँदा पाँच महिलासहित ९ जना घाइते

नुवाकोटमा माइक्रोबास दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३००१ ज ०८५४ नम्बरको विद्युतीय माइक्रोबस शिवपुरी गाउँपालिका-७ गुरुङगाँउमा आइतबार दुर्घटना हुँदा नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

दुर्घटनामा पाँच महिलासहित ९ जना घाइते भएका हुन्। माइक्रोबस सडकबाट करिब १० मिटर तल काँल्लामुनी खसेर दुर्घटनामा परेको नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

घाइते सबैलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ। दुर्घटनापछि प्रहरीले गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई पक्राउ गरेको छ।

दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका-४ चौघडाकी ३९ वर्षीया मैना राई, काठमाडौँको महाराजगंजकी ४६ वर्षीया लक्ष्मी खड्गी, गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नपा ५ माझिटार, नुवाकाेटकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा, १८ वर्षीय विजय लामा, काठमाडौँको कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, सोही ३८ वर्षीय श्याम दगौरा र रसुवाको उत्तरगया गापा ५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ घाइते भएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।