२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

बुटवलमा एकै परिवारका तीन जनाको हत्या,पूर्वपतिले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको-प्रहरी

बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो । करिब ३४ वर्षकी दीपा बस्याल र उनका दुई छोरीको हत्या गरेको पाइएको छ ।

सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भएको हो । हत्या सुजन कोइरालाले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुजन दीपाका पूर्वपति रहेको बताइएको छ । उनीहरुको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो ।

सुजन कोइरालाले यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भएका थिए । तर केही वर्षपहिले उनलाई कैद माफी दिइएको बताइएको छ । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् । विहेपछि दुई छोरीको जन्म भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।