२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

बैतडीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

बैतडीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँका ८१ वर्षीय महावीर बिष्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सुर्नया गाउँपालिका-५ बिष्टपालीस्थित सतबाझ श्रीभाबर भित्री सडक खण्डमा दुर्घटना भएको हो।शुक्रबार राति साढे ९ बजे कैलालीको धनगढीबाट बिष्टपालीतर्फ गइरहेको सुपप्र ०१००१ क ११३ नम्बरको मिनी टाटा ट्रकले ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बिष्टको उपचारको लागि कैलालीको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक सुर्नया गाउँपालिका- २ ग्वानीका ३१ वर्षीय मानर्सिह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।