सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार (जेठ १८ गते) अर्थात, जुन १ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त दिन विदा हुने भएकाले बजार पनि बन्द हुने नेप्सले जानकारी गराएको हो । अब बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजे मात्र खुल्नेछ ।










