२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

नेप्सेमा सूचीकृत कम्पनी मध्ये करिब १६ प्रतिशत कम्पनीको नेटवर्थ ९० भन्दा मुनि (सूचीसहित)

नेपाल धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक निष्कासन अनुमति दिन बन्द गरेको छ। बोर्डले अनुमति मात्रै दिन बन्द गरेको छैन, उसले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक निष्कासनको पाइपलाईन बाटै १४ कम्पनीलाई ‘आउट’ नै गरिसकेको छ।

अहिले जति पनि कम्पनीले निष्कासन अनुमति पाउदै आएका छन्। ति सबैको नेटवर्थ ९० भन्दा माथि छ। सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्कासन अनुमति नदिनु भन्ने निर्देशन धितोपत्र बोर्डलाई दिएको छ। जबकि कानुनी रुपमा भने ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्कासन अनुमति नदिनु भन्ने कहि कतै लेखिएकाे छैन। कानुन नै नभएको बिषयमा सार्वजनिक लेखा समितिले एक कदम अघि बढेर निर्देशन दियो।  सोहि निर्देशनलाई देखाएर बोर्डले अनुमति दिन मानिरहेको छैन। जसले गर्दा धेरै कम्पनीले निष्कासन अनुमति पाउन सकेका छैनन्।

तर दोस्रो बजारमा भने अहिले पनि करिब १६ प्रतिशत कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा २७१ कम्पनी सूचीकृत छन्। जसमा ४३ कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। जुन सूचीकृत कम्पनीको तुलनामा १५.८६ प्रतिशत हो। ४३ कम्पनीमा सबैभन्दा बढी पनि जलबिद्युत कम्पनी नै परेका छन्। ९० भन्दा कम नेटवर्थ भएका  जलबिद्युत कम्पनी मात्रै ३१ वटा छन्। विकास बैंक समूहका तीन कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ भने वित्त कम्पनी तर्फ ४ कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। होटल समूह तर्फ २, लगानी समूह भित्र १ र अन्य समूहमा २ कम्पनी छन्। जसको नेटवर्थ ९० भन्दा मुनि छ।

नोट माथि होटेल समूहमा रहेको सोल्टी होटेलको फेस भ्यालु १० रुपैयाँ हो भने लगानी समूहमा रहेको हथवेको फेस भ्यालु ५० रुपैयाँ हो। जस कारणले पनि उनीहरुको नेटवर्थ ९० भन्दा कम भएको हो। तर फेस भ्यालुको आधारमा हेर्ने हो भने दुबै कम्पनीको नेटवर्थलाई खराब भन्न मिल्दैन।-merolagani

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।