२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

मौसम पूर्वानुमान : आज ८ जिल्लाका यी नदीमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २५, आइतबार) पनि सम्भावित बाढीबारे जानकारी दिएको छ। 

बिहान ८ बजे जारी बुलेटिनअनुसार महाशाखाले आज ८ जिल्लाका खाेला/नदीमा बाढीको जोखिम रहेको आकलन गरेको छ।

सूचनामा भनिएको छ: आज इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (मंगलबारसम्म) को सम्भावित बाढीबारे पनि जानकारी दिएको छ। 

महाशाखाका अनुसार आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक देखिन्छ।

बाढी महाशाखाको बुलेटिनमा अगाडि भनिएको छ: कन्काई, कमला र बागमतीमा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

बाढीबारे विस्तृत जानकारी तल:

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।