२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

गर्मी बढेपछि चितवन ,बारा र पर्साका विद्यालय आजदेखि तीन दिन बन्द

गर्मी अत्यधिक बढेपछि चितवन, बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।

चितवनको भरतपुर महानगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

चितवन, बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि तीन दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्।

पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए।

मंगलबार देशका धेरै ठाउँमा सानोठूलो वर्षा भए पनि यी जिल्लाहरुमा भने वर्षा नहुँदा गर्मी घटेको छैन।

कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख राजिवकुमार यादवले गर्मी अत्यधिक बढेकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।

हेर्नुहाेस् स्थानीय तहहरूले निकालेकाे सूचना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।