२०८२ श्रावण ३ शनिबार
२०८२ श्रावण ३ शनिबार

काठमाडौँसहित २९ जिल्लामा आज बाढीको खतरा

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (जेठ २९ गते बिहीबार) राजधानी काठमाडौँसहित देशका २९ जिल्लामा बाढीको जोखिम देखिएको जानकारी गराउँदै सतर्क रहन सुझाव दिएको छ। 

बाढी महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी आज ललितपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर, उदयपुर, चितवन, इलाम, मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, दोलखा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने नदी/खोलामा बाढी बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ।

यीमध्ये पनि भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला जिल्लाका लागि भने महाशाखाले पहेँलो रङ लगाएको छ अर्थात् ‘एल्लो वारेन्ट’ नै जारी गरेको छ। मौसमविद्का अनुसार पहेँलो रङ लगाउनुको अर्थ सामान्य जोखिमभन्दा अलि बढी मध्यम जोखिमको संकेत गर्नु हो। 

हेर्नुहोस् सूचना

 

यस्तै बाढी महाशाखाले आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ।
 

थप जानकारी तल:

nepalkhabar

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।