२०८२ श्रावण ३ शनिबार
२०८२ श्रावण ३ शनिबार

इरान र इजरायलबीच पाँचौ दिन पनि आक्रमण जारी

इजरायल र इरानबीचको युद्ध चौथो दिनमा प्रवेश गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् ।

इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ ।

इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् ।

इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको राजधानी तेहरानमा धेरै विस्फोट र आकासमा मिसाइलहरूको लप्का देखिएको बताएको छ ।

यसैबीच, इरानी मिडियाले इरानको मध्ये भागमा रहेको नातान्जमा वायु रक्षा प्रणाली सक्रिय भएको जानकारी दिएको छ । नातान्ज एक महत्वपूर्ण परमाणु सुविधा रहेको स्थान हो जुन इजरायली आक्रमण सुरु भएदेखि नै इजरायलको आक्रमणको लक्ष्य बनेको छ ।

नातान्ज राजधानी तेहरानको करिब २२५ किलोमिटर दक्षिणमा अवस्थित छ ।

यसअघि, इजरायलले सोमबार राति तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल माध्यम ‘ट्रुथ सोसल’मा सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेर पोष्ट गरेका थिए । बीबीसी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।