२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

बाढीले विनयी खोलाको डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा गएरातिदेखि परेको पानीका कारण बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ ।

उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

“पानीको सतह कम भए अबको ४ देखि ५ घण्टाभित्र सवारी आवागमन सुचारू हुन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।

१३ घण्टा अगाडि एकतर्फी सडक सञ्चालनमा आएको थियो । तर, पुनः बाढी आएर डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।