२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिका बलात्कारपछि हत्याकाे घटनामा संलग्न बाँके खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जीवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ।

खाँले २०७९ साल कात्तिक १६ गते स्थानीय १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेका थिए। घटनाको एक दिनपछि, कात्तिक १७ गते, ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेको थियो। त्यसपछि स्थानीयवासीले बलात्कारपछि हत्या गरिएको आशंका गर्दै प्रदर्शन तथा विरोध गरेका थिए।

बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन्।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो। अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो।

जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) को आधारमा गरिएको हो।

त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम गरिएको हो।

अदालतका श्रेष्तेदार सुदर्शन खनालका अनुसार, बलात्कार गरी कर्तव्य ज्यान गरेमा जीवित रहेसम्म जन्मकैद हुने व्यवस्था संहिताको दफा ४१ मा उल्लेख गरिएको छ। त्यस्तै, त्रासदीपूर्ण र निर्मम हत्या, जातिहत्या, वायुयान अपहरण, विष खुवाएर हत्याजस्ता अपराधमा पनि यही व्यवस्था लागू हुन्छ।

दफा २२८ र १८६ अनुसार पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ। फैसलापछि पीडित परिवारसहित शान्तिपुरका स्थानीयवासीले राहत महसुस गरेका छन्।

घटनामा संलग्न व्यक्ति नै स्थानीय विद्यालयमा अध्यापन गरिरहेका खाँ रहेको खुलासा भएपछि स्थानीय थप त्रसित बनेका थिए । बाँकेबाट त्यहाँको मदरसामा पढाउन गएका उनी जघन्य अपराधमा जाेडिएपछि कारबाहीका लागि स्थानीयले साथ दिएका हुन् ।-nepal press

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।