२०८२ श्रावण ३ शनिबार
२०८२ श्रावण ३ शनिबार

यी ८ जिल्लामा बाढी महाशाखाले जारी गर्‍यो ‘एल्लो अलर्ट’ ,सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १३, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

यस्तै आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ, मकवानपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। महाशाखाले यी ८ जिल्लालाई पहेँलो रङमा राखेको छ। यसको अर्थ सामान्यभन्दा बढी अर्थात् मध्यम जोखिम छ भन्ने हो। अर्को शब्दमा यसलाई ‘एल्लो अलर्ट’ पनि भनिन्छ।

यस्तै आज झापा, इलाम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, भोजपुर, दोलखा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, प्युठान, हुम्ला, जुम्ला, बाजुरा, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, दार्चुला, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।