२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

सप्तरीमा ३२ वर्षीय एक युवकको बीभत्स हत्या

सप्तरीमा एक युवकको बीभत्स हत्या भएको छ।

राजगढ गाउँपालिका–४ प्रिपाहीमा घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या भएको अवस्थामा बिहीबार शव फेला परेको हो।

हत्या भएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको निमित्त प्रहरी प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित घटना अनुसन्धानको लागि टोली खटिएको बस्नेतले बताए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।