नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।
कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पूँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न असार १५ गते अनुमति पाएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।









