२०८२ कार्तिक २१ शुक्रबार
२०८२ कार्तिक २१ शुक्रबार

थाइल्याण्डकि प्रधानमन्त्री शिनावात्रा निलम्बित

थाईल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई निलम्बन गरेको छ ।  कम्बोडियन नेता हुन सेनसँगको टेलिफोन कुराकानी सार्वजनिक भएपछि केही दिन यता सिनावात्रा विरुद्ध प्रदर्शनहरु हुँदै आएका थिए ।

हुनसेनसंगको टेलिफोन वार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘काका’ भनेर सम्बोधन गर्दै र थाई सैन्य कमाण्डरको आलोचना गरेको क्लिप सार्वजनिक भएको थियो । त्योसंगै उनका विरोधीहरुले राजीनामा माग्दै सडकमा प्रदर्शन गरेका थिए भने बर्खास्तीको माग गर्दै संवैधानिक अदालतमा निवेदन दिएका थिए । त्यसैको आधारमा अदालतले उनलाई निलम्बन गरेको हो ।

थाइल्याण्ड र कम्बोडियाबीच सिमा विवाद कायम छ । यस्तो बेला प्रधानमन्त्रीले नै हुनसेनलाई काका भन्दै सम्बोधनसहित आफ्नै देशको सैनिक नेतृत्वको आलोचना गर्नु राष्ट्रघात भएको आलोचकहरुको दावी छ ।

प्रधानमन्त्री पेटोङटार्नले भने उक्त टेलिफोन कुराकानीको पुरै अंश नसुनी हचुवाको आधारमा विश्लेषण गरिएको आरोप विपक्षीहरुमाथि लगाउँदै आएकी छन् । उनले आफ्नो स्वार्थको लागि केही नगरेको बताउँदै अराजकताबाट देशलाई कसरी बचाउने, लडाइँबाट कसरी बच्ने र ज्यान गुमाउनबाट कसरी बच्ने भन्ने बारेमा मात्र सोच्ने गरेको बताउँदै आएकी छन् ।

यदि तपाईंले यसलाई ध्यानपूर्वक सुन्नुभयो भने, तपाईंले बुझ्नुहुनेछ कि मेरो कुनै खराब मनसाय थिएन’ उनको भनाइ छ ।

प्रधानमन्त्रीबाट निलम्बन गरिए पनि पेटोङटार्नले संस्कृति मन्त्रीको रुपमा भने काम गरिरहन र उनलाई १५ दिन भित्र आफ्नो बचाउको लागि उपस्थित हुन अदालतले आदेश दिएको छ । त्यो सुनुवाई पछि बल्ल उनी प्रधानमन्त्रीबाट हट्ने वा पुर्नवहाली हुने भन्ने निर्णय गरिने बताइएको छ ।

उनको निलम्बनसंगै उपप्रधानमन्त्री सुरिया जुआनग्रुनग्रुङकिट काम चलाउ प्रधानमन्त्री नियुक्त भएका छन् ।

पेटोङटार्नले पैतोङटार्न थाइल्याण्डको राजनीतिमा निकै शक्तिशाली रहेको शिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो व्यक्ति हुन् । उनका पिता थाकसिन र फुपु यिङलक सिनावात्रा यसअघि नै प्रधानमन्त्री भैसकेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।