सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको आज (असार २३ गते) देखि २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ८० हजार २२२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलाममा बिक्रीमा ल्याएको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकले गर्नेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धकको कार्यालय नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लेखनाथमार्ग ठमेलमार्ग, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, सन नेपाल लाइफ इन्सुरेन्सको तोकिएका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
आवेदन दिन पाउने स्थान










