सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् ।न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिले यसअघि तीन जना न्यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।









