२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

रसुवा बाढी अपडेटः यस्तो छ हालसम्मको प्रारम्भिक क्षति र उद्धार विवरण

नेपाल प्रहरीले रसुवा बाढीका कारण भएको क्षति र उद्धारको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, १८ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीनमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिँया नागरिक रहेका छन् । त्यस्तै,प्रहरी र सेनाको सहयोगमा ९ जनाको उद्धार गरिएको छ । २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधारण नागरिकको उद्धार भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै, बाढीका कारण बेपत्ता भएकाको खोजीकार्य तीव्र रुपमा भइरहेको छ । हालसम्म १२० जना प्रहरीहरु रसुवा बाढीमा परिचालित भएका छन् ।

प्रहरीका अनुसार, नेपाल र चीन जोड्ने नाका मितेरी पुल बाढीले बगाएको छ । जसका कारण सडकमार्ग अवरुद्ध छ । त्यस्तै कतिपय विद्युत्तीय चार्जिङ स्टेशनमा क्षति पुगेको,जलविद्युत् आयोजनामा क्षति पुगेको,सयभन्दा बढी मालबाहक गाडी बगाएको छ । बाढीका कारण धुन्चेदेखि टिमुरेसम्म जोड्ने सडकमार्ग समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

१११ मेगावाटको रसुवागढी, त्रिशुली ३ बी, त्रिशुली सवस्टेशनलगायतका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।