२०८२ कार्तिक २६ बुधबार
२०८२ कार्तिक २६ बुधबार

खुर्सानी खोलामा सडक भासिँदा नारायणघाट-बुटवल सडक खण्ड बन्द पुर्ण रुपमा बन्

नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्तर्गत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा सडक भासिँदा नारायणघाट-बुटवल सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिीमका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तका अनुसार मंगलबार रातिदेखि आएको वर्षातका कारण बिहान करीब ५ः५५ बजेको समयमा ३÷४ फिट जति बाटो भासिएपछि बाटो दुई तर्फिनै बन्द हो।

‘उक्त सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १ क ५८२७ नंबरको ट्रक सडक बिचमा फसेको थियो। अहिले ट्रक लाई निकालेर सुरक्षित स्थानमा पठाइसकिएको छ भने बाटो मर्मत गर्ने काम सुरु हुँदै छ,’ उनले भने,‘दुबै तर्फ गाडिको लामो जाम भएका कारण सवारी व्यवस्थापनमा समस्या भइरहेको छ।’

पानी पर्ने क्रम नरोकिएकाले त्यस क्षेत्र हुँदै चल्ने सवारी साधनलाई बैकल्पीक बाटो प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।